कपिलबस्तुमा हतियारसहित दुईजना पक्राउ


कपिलवस्तु, पुस  
कपिलबस्तसको बहादुरगञ्जबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। 
 
पक्राउ पर्नेमा बहादुरगञ्ज गाविस–६ का ४५ वर्षीय मुस्ताक अहमद र सोही स्थानका १८ वर्षीय रिजुवान अन्सारी रहेका छन्। 
 
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगञ्जको प्रहरी टोलीले यी दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक भिमसेन विष्टले बताए। 
 
पक्राउ भएका दुबै जनालाई हातहतियार तथा खरखजाना मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

0 comments

Post a Comment
Powered by Blogger.