ओखलढुङ्गाका एक युवकले गरे नयाँ रिमोटको आबिस्कार, एकै पटक तीन काम


सलिम अन्सारी , ओखलढुङ्गा १७ पुस । ओखलढुंगाको दुर्गम गाउँ रातमाटे गाविस–६, भस्मेका १९ वर्षिय शिव खड्काले लामो दुरीको रिमोट आविष्कार गरेका छ्न।  केहि समय अगाडि इन्जिन बिनाको हेलिकोप्टर बनाएर देखाएका उनले हालै मात्र लामो दुरिको रिमोट आबिश्कार गरि त्यसको सफल परिक्षण गरेका हुन ।

खड्काले जिल्लाका सुरक्षा निकाय प्रमूखहरुको उपस्थितिमै करिब एक किलोमिटर  टाढा बसेर रिमोटबाट एकै पटकमा रेडियो बज्ने, हेलिकप्टर चल्न शुरु गर्ने र सानो परिमाणको विष्फोटक पदार्थ विष्फोट गराउन सफल भएका हुन। उनले बनाएको यो बिष्फोटक पदार्थको आवाज दुई किलोमिटर टाढा सम्म सुन्न सकिन्छ।
रिमोट थिच्दा एकैपटक रेडियो बज्नुको साथै, हेलिकप्टरको पंखा घुमेको र विष्फोटक पदार्थ विष्फोट भएको थियो । खड्काले कम्तिमा पनि पा“च किलोमिटरको दुरीबाट समेत सफल परिक्षण गर्न सक्ने दाबी गरेका छन ।
यसअघि पनि शिबले स्वीचबाट चल्ने गाडी र पंखा घुमेर आफै मोडिने हेलिकप्टरको परिक्षण गरिसकेका छ्न । शिबले आवाश्यक सामाग्री पाए यो भन्दा अझै शक्तिसाली बिष्फोटक पदार्थ बनाउन सक्ने दावी गरे। उनको  यो चमत्कार देखेपछी  जिल्ला स्थित सरकारी अधिकारिले आफुलाइ नेपाल सरकार आर्मी हेड्क्वाटरमा लैजाने बताएको जानकारी समेत दिए। उनिहरुले सीप अनुसार अबसर दिन्छौ भनेका छन, उनले भने।
शिक्षा संकायमा गाउ“कै जाल्पा उच्च माविबाट कक्षा १२ उत्तिर्ण गरेका उनी इन्द्रबहादुर खड्काका चार छोरा मध्येका कान्छा हुन् ।
शिवले आविष्कार गरेको सामाग्रीमा सबै स्थानीय स्रोत साधन प्रयोग गरिएको छ । प्लाष्टिकका बट्टा, सोलार ब्याट्री, तार लगायत जोडेर उनले आविष्कार गरेका हुन।
विष्फोटनको क्षेत्रमा  शिवको आविष्कार नया“ हुन सक्ने नेपाल प्रहरीका डिएसपी दिपेन्द्र शाहले बताए । प्रायः पा“च सय मिटर दुरीभित्रबाट मात्र रिमोट सिस्टममा बम लगायतका विष्फोटक पदार्थ विष्फोट भएको सुनिएकोमा शिवले गरेको दाबी नया“ भएको शाहको भनाई छ ।

सानै देखि खोज तथा अद्ययन अनुसन्धानमा रुचि राख्ने शिव सामान्य किसान परिवारका युवक रहेको जाल्पा उच्च माध्यमिक बिधालयका प्राचार्य बिष्णु रेग्मिले बताए।

स्थानिय जाल्पा उच्च माविका प्राचार्य बिष्णु रेग्मिको सहयोगमा यो खबर तयार गरिएको हो।

0 comments

Post a Comment
Powered by Blogger.