दुबईको ६३ तले टावरमा आगलागी

नयाँ वर्ष  (सन् २०१६) को पूर्वसन्ध्यामा उत्सव मनाउने तयारी भइरहँदा दुबईको ६३ तले एड्रेस डाउनटाउनमा  टावरमा बिहीबार साँझ आगलागी भएको छ। स्थानीय समय अनुसार राती ९ बजे टावरको २० औं तलामा आगलागी सुरु भएको थियो। 
 आगो फैलिएर ४० औं तलासम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। दुबईका अधिकारीहरुले आगलागीमा १६ जना घाइते भएको बताएका छन्।  आगलागीको कारण खुल्न सकेको छैन।

0 comments

Post a Comment
Powered by Blogger.