हंसपुरमा गाबिस स्तरिय खेलकुद समिती गठन


१६ पुस हंसपुर
गाविस स्तरिय खेलकुद समिति हंसपुर प्युठानको अद्य्यक्षमा केशव दर्लामी चयन हुनुभएको छ।
 बिहिबार  कास्कोट्मा गाविस प्रतिनिधि ददिराम खनालको अध्यक्षतामा बसेको भेलाले दर्लामिको नेतृत्वमा ११ सदस्यिय कार्यसमिती सर्बसहमतिले चयन गरेको हो।समितिको उपाअध्यक्षमा देव बहादुर पुन, सचिव सेर बहादुर साठिघरे, कोषाअध्यक्षमा असगर अलि चयन भएका छ्न। त्यसै गरि सदस्यहरुमा खिम बहादुर गुरुङ, देबेन्द्र डाला, तुलसा बिष्ट, आशा बिक लगायत रहेको खेलकुद समिती हंसपुरले जनाएको छ।
गाविस स्थित विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी बुद्धिजिवी लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा जिल्ला खेलकुद बिकास समिती प्युठानका सदस्य थम्मन साठिघरे मगरको प्रमुख आतिथ्यता रहेको थियो।सोही अबसरमा बोल्दै प्रमुख अतिथी साठिघरेले हंसपुरमा पहिलो पटक गठन गरिएको खेलकुद समितिले यहाँको खेलकुद बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिश्वास ब्याक्त गर्नुभयो। साथै जिल्ला खेलकुद बिकास समितीले जिल्लाको खेलकुदलाइ उकास्नका लागि जिल्ला ब्यापी रुपमा गाबिसहरुमा गाबिस स्तरिय खेलकुद समिती गठन गर्ने कार्यलाइ अगाडि बढाएको भन्दै सबैलाइ सक्रीय सहभागिताका लागि अपिल समेत गर्नुभयो।

0 comments

Post a Comment
Powered by Blogger.