मेलामा कौशी तरकारी खेती तालीम

विपि गौतम
बुटवल, पुस १६ । बुटवलमा जारी लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलामा कौशी तरकारी खेती तालीम सुरु भएको छ । बुटवल उप–महानगरपालिका र मेलाको कृषि प्रविधि व्यवस्थापन उप–समितिको संयुक्त आयोजनामा तालीम आयोजना गरिएको हो ।
तालीममा बुटवल बजारका चालिस जनाको सहभागिता रहेको उप–समिति संयोजक फर्सुराम पन्तले जानकारी दिए । उनका अनुसार तालीममा बुटवल उप–महानगरपालिकाले सिफारिस गरेका २५ र व्यापार संघका तर्फबाट १५ जना बुटवल बजारबासीको सहभागिता रहेको छ । तालीम दुई दिन चल्ने आयोजकले जनाएका छन् ।
सहर बजारमा बस्ने बासिन्दाहरुलाई कौशीमा तरकारी खेती गर्न सिकाउने उद्देश्यले तालीम आयोजना गरिएको हो । तालीममा बुटवल–उपमहानगरपालिकाका मथुरा प्रसाद श्रेष्ठले सहजीकरण गरेका छन् । तालीममा उपर्यूक्त माटोको पहिचान, बिऊबिजनलगायतका विषयमा प्रशिक्षण दिइएको जनाइएको छ ।
यही पुस ८ गतेबाट सुरु भएको लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला २१ गतेसम्म बुटवल मण्डपमा आयोजना गरिएको हो । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउ“सम्म व्यापार बिस्तार’ भन्ने नाराका मेला आयोजना भएको हो । मेलामा ६ सय राखिएका छन् ।

,

0 comments

Post a Comment
Powered by Blogger.