क्षेत्रिय भलिवल प्रतियोगितामा शुक्रबारबाट सेमिफाईनलका खेल सुरु

विकाश पराजुली
बुटवल, पुस १६ । बुटवलमा जारी स्व. किरण गुरुङ्ग स्मृति तेस्रो पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगितामा आज (शुक्रबार) बाट सेमिफाईनलका खेल सुरु हुँदै छन् ।
 बुटवलमा जारी लुम्बिनी एक्स्पो २०१५, अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ मा आयोजना गरिएको प्रतियोगिता सेमिफाईनलका खेल सुरु हुनु अघि अन्तिम क्वाटरफाईनलमा म्याग्दी र रुपन्देही बीच प्रतिस्पर्धा हुनेछ ।
यसबीच विहिबार चार खेल सम्पन्न भएका छन् । पहिलो खेलमा बाग्लुङलाई ३–० को सोझो सेटले हराउँदै गुल्मी विजयी भयो । त्यस्तै दोस्रो खेलमा म्याग्दी विजयी भएको छ । उसले पाल्पा जिल्लालाई ३–० ले हरायो । त्यस्तै तेस्रो खेलमा बाग्लुङ लाई ३–० को सेटले हराउँदै नवलपरासी विजयी भएको छ । विहिबार भएको अन्तिम खेलमा स्याङजा विजयी भएको छ । उसले पाल्पालाई ३–० को सोझो सेटले पराजित गर्यो ।
लिग चरणमा हार बेहोरेका बाग्लुङ र पाल्पा प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा बहिरिएका दुई जिल्ला बाग्लुङ र पाल्पा लाई मणिमुकुन्द भलिवल क्लवका अध्यक्ष मिलन राना र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुनले नगद १०, १० हजार प्रदान गरी विदाई गरे ।
 प्रतियोगितामा विजयी टिमले नगद ६० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद ४० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतिय टिमले नगद २० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सान्त्वना हुने टिमले नगद १० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई समेत सम्मान गरिनेछ ।

0 comments

Post a Comment
Powered by Blogger.