सुल्झियो गाबिस भवन समबन्धी बिबाद

सलिम अन्सारी/१६ पुस बाङ्गेसाल
करिव ४०लाख रुपैयाँको लागतमा शान्ती तथा पुर्न निर्माण मन्त्रालय अन्तर्गत बाङ्गेसालमा निर्माण हुन लागेको गाविस भवन बारे उत्पन्न बिबाद तत्कालका लागि सामाधान भएको छ।

बाङ्गेसालका राजनितिक दल र स्थानियहरु बिच गाविसको संयोजनमा बिहिबार बसेको सर्बदलिय  सर्बपक्षिय छलफलमा २०६५ सालमा गाविस परिषदको निर्णय अनुसार नयाँ ठाउँमा भवन बनाउनका लागि जिल्लामा अनुरोध गर्ने सहमती भएको हो। २०६५ को परिषदले सबैको पायक पर्ने गरि वडा नमबर ५ स्थित अवलेनीमा गाविस भवन बनाउने निर्णय गरेको थियो। बिहिवारको सर्बदलिय छलफलले दुई वटा वडाको असहमतीका बिच बहुमतका आधारमा  भएको निर्णय  जिल्ला जिल्ला पुर्ननिर्माण समितीमा पठाउने सहमती भएको बाङ्गेसाल गाविस सचिव मुक्ती खनालले जानकारी दिनुभयो। भवन स्थानान्तरण गर्ने बारे स्थानिय बिच बिबाद बढे संगै सर्बसहमती हुने समभावना नदेखिएपछी बहुमतको आधारमा निर्णय गरेका हौँ उहाँल्ंले भन्नुभयो नयाँ ठाउँमा भवन निर्माण गर्ने सहमती भएको छ। आजको निर्णय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला पुर्ननिर्माण  समितीमा पठाइने र जिल्लाको निर्णय अनुसार जिल्लाले तोकेको स्थानमा भवन निर्माण कार्य अगाडि बढने उहाँले बताउनुभयो।
छलफलमा बाङ्गेसालको वडा नम्बर १ र ३ का स्थानियले भने हाल गाविस भवन रहेकै स्थानमा पुर्ननिर्माण गर्नुपर्ने भन्दै निर्णयको बिरोध जनाएका छन।उनिहरुले द्धन्दको समयमा ध्वस्त भएका सरकारी संरचनाको पुर्ननिर्माण पहिले कै स्थानमा हुनुपर्ने नीति तथा कार्यक्रम रहेकाले गाविस भवनको पुर्ननिर्माण साविक कै स्थानमा गरिनुपर्ने भन्दै बिरोध गरेका हुन। बाङेसाल ३ का स्थानिय गणेश पौडेलले पुरानै ठाउँमा गाविस भवन बनाइनुपर्ने बताउनुभयो। पुर्ननिर्माण भनेको जहाँ भत्कियो त्यही बनाउने हो उहाँले भन्नुभयो सरकारी नीति बिपरित  कोहि जानुहुदैन। उहाँले आफुहरुलाइ अल्पमतमा पारेर निर्णय गरिएको गुनासो गर्नुभयो।२०६५/६६ मै गाविस  भवन पुर्ननिर्माणका लागि बजेट आए पनि स्थानिय राजनितिक दलहरु बिच सहमती जुट्न नसक्दा भवन निर्माण कार्यले गति लिन सकेको थियन।

,

0 comments

Post a Comment
Powered by Blogger.