सरकारबाट मन्त्री फिर्ता बोलाउने प्रचण्डको चेतावनी

काठमाडौं, पुुस १७ । एमाओवादी अध्यक्ष प्रचण्डले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरुलाई कुनै पनि समयमा फिर्ता गर्ने चेतावनी दिएका छन् ।
 पार्टीको ३ नम्बर प्रदेशको दुई दिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्ताे चेतावनी दिएका हुन् ।
प्रचण्डले दलका मन्त्रीहरुलाई फिर्ता हुनका लागि मानसिक रुपमा तयार रहन निर्देशन दिए पनि यसको समयसीमाबारे भने केही उल्लेख गरेनन् । भारतीय नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो मन्त्रीपरिषद् बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय , मन्त्रीहरुका अलोकप्रिय निर्णय र मन्त्रीहरुका कार्यशैलीप्रति पार्टीभित्र गुनासो दबढ्दै गएपछि प्रचण्डले कार्यदक्षता देखाउन नसक्ने नेताहरुलाई सरकारमा राखिराख्नु पार्टीका लागि हित नहुने बताएका हुन् ।
‘सरकारमा बसिराख्दा हाम्रो शीर गिर्ने भयो, कार्यदक्षता देखाउन नसक्ने हो भने हामी त्यहाँ किन बसिराख्नु पर्यो ? हामी फर्कने हुन पनि सक्छौं,’ प्रचण्डले बैठकमा भने, ‘सरकार ढल्ने अवस्था सिर्जना नगरौंला । समर्थन दिइराखौंला तर सरकारबाट फिर्ता भएर हामी सबै पार्टी निर्माणमा लागौंला ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 comments

Post a Comment
Powered by Blogger.