दर्भानमा तमुल्होसार सांस्कृतिक कार्यक्रम सम्पन्न


सन्तोषकुमार गुप्ता, दर्भान (प्यूठान) १६ पुस ।।

      गुरुङ्ग समुदायहरुको महान् चार्ड २५९९ औँ तमुल्होसार प्रल्हो(महोत्सव) पर्वको अवसरमा बुधबार प्यूठानको बाङ्गेसाल—६ दर्भानमा विविध खेलकुद प्रतियोगिताका साथमा मौलिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

      गुरुङ्ग राष्ट्रिय परिषद् बाङ्गेसाल प्यूठानको आयोजनामा गुरुङ्ग समुदायको पौराणिक तथा मौलिक संस्कृति अन्र्तगत घाटु नाच, सालैजो, कौडा, टप्पा लगायतका मौलिक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति देखाईएको थियो । परिषद्का बाङ्गेसाल कोषाध्यक्ष एकबहादुर गुरुङ्गको अध्यक्षता एवम् बाङ्गेसाल गाविस सचिव मुक्ति खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दर्जनौ सांस्कृतिक प्रस्तुतिहरु देखाएका थिए । 
सो अवसरमा आयोजित ५ किलो मिटर मेराथुन दौड प्रतियोगितामा तुलसीराम राना प्रथम, कमल खत्री द्धितीय, युवराज सुनार तृतीय भएका थिए । त्यसैगरी सेलो फाल्ने प्रतियोगितामा केशव गुरुङ्ग प्रथम। मोहन सारु द्धितीय र सोनु गुरुङ्ग तूतीय भएका छन् भने महिला घैँटा फोहर प्रतियोगितामा माया गुरुङ्ग बिजय भएकी छिन् ।

 कार्यक्रममा प्यूठानको बाङ्गेसाल, ठुङ्गेगढी, तिराम, पकला, हंसपुर, दाङ्गको लालमटिया, सिसहनियाँ र अर्घाखँची जिल्लाको जलुके, सिधघाराबाट हजारौँ दर्शकको सहभागिता रहेको थियो ।

     गुरुङ्ग राष्ट्रिय परिषद् बाङ्गेसालका सचिव कमानसिंह गुरुङ्गको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन परिषद्का सह—सचिव राजकुमार गुरुङ्ग र मधस गुरुङ्गले गरेका थिए । परिषद्ले बिगत १८ बर्ष देखि निरन्तर बाङ्गेसालको दर्भानमा तमुल्होसार पर्वको अवसरमा विधि खेलकुद प्रतियोगिताका साथै  सांस्कृतिक कार्यक्रमहरु गदै आएको आएको छ ।

 

,

0 comments

Post a Comment
Powered by Blogger.