लमही खानेपानीको अध्यक्षमा काँशीराम बहुमतले विजयी


सन्तोषकुमार गुप्ता, देउखुरी १६ पुस ।।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा काँशीराम डाँगी निर्वाचीत हुनु भएको छ ।
डाँगीले प्रतिद्धन्द्धी कर्णबहादुर वुढाथोकीलाई ९२ मतले पछी पार्दै अध्यक्ष पदमा निर्वाचीत हुनु भएको घोषणा निर्वाचन मण्डलका संयोजक शेषमणी गौतमले गर्नु भयो । डाँगीले ७१२ मत प्राप्त गर्नु भयो भने वुढाथोकीले ६२० मत प्राप्त गर्नु भएको छ । डाँगी वाम गठवन्धनको तर्फवाट एमालेको समर्थनमा अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ भने वुढाथोकी नेपाली काङ्ग्रेसको समर्थक उम्मेदवार हुनुहुन्थ्यो ।

     उपाध्यक्ष कुमार घिमिरे विजयी हुनु भएको छ । घिमिरेले १ सय ९९ मतले विजयी हुनु भएको छ । घिमिरेले ६२५ मत प्राप्त गर्नु भयो भने उहाँका प्रतिद्धन्द्धी दिलकुमार श्रेष्ठले ४२६ मत प्राप्त गर्नु भयो । उपाध्यक्ष पदमा भेदप्रसाद घिमिरे ३२, पार्वती थापा १३३ मत प्राप्त गर्नु भएको छ । सचिवमा ठाकुर भण्डारी निर्वाचीत हुनु भएको छ । भण्डारी १ सय ४८ मतले विजयी हुनु भएको हो । भण्डारीले ६६५ मत प्राप्त गर्नु भयो भने उहाँका प्रतिद्धन्द्धी तिलक न्यौपानेले ५१७ मत प्राप्त गर्नु भयो । कोषाध्यक्षमा जंग बहादुर चौधरी विजयी हुनु भएको छ । चौधरी ६५ मतले विजयी हुनु भएको छ । चौधरीले ५३८ मत प्राप्त गर्नु भयो भने उहाँका प्रतिद्धन्द्धी भरत लाल दुलालले ४७३ मत प्राप्त गर्नु भयो । उपाध्यक्ष पदमा अर्का उम्मेदवार हिरालाल खड्का ७५, मेघराज विसी ९१ मत प्राप्त गर्नु भयो ।
    सदस्य पदमा सर्वा्धिक मत प्राप्त गरी फणाधर भुसाल विजयी हुनु भएको छ । भुसालले ५७४ मत प्राप्त गर्नु भएको छ । यसैगरी सदस्य पदमा वासुदेव गौतमले ५ सय ३२ मत प्राप्त गरी विजयी हुनु भएको छ । सदस्य पदका अन्य उम्मेदवार वद्रीनारायण चौधरीले ५२९, भेजेन्द्र चौधरी ४७० र गोरखबहादुर केसी १३७ मत प्राप्त गर्नु भयो । महिला सदस्यमा सर्वा्धिक मत प्राप्त गरी चुमा आचार्य विजयी हुनु भएको छ । आचार्यले ६४३ मत प्राप्त गर्नु भएको छ । यसैगरी महिला सदस्यमा मिना पाण्डे ५७३, गंगा पाण्डे ५६६ मत प्राप्त गरी विजयी हुनु भएको छ । महिला सदस्यमा उम्मेदवारी दिनुभएकी रेखा खत्रि ३६१, देवकी अधिकारी ४७९, शोभाकला खनाल ५३४, लोका वली ११०, उमा केसी १७६ मत लिनु भएको निर्वाचन मण्डलले जनाएको छ । 
 विजयी पदाधीकारी उपभोक्तालाई धन्यवाद दिन घरदैलोमा
     लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ कार्यसमितिमा निर्वाचीत पदाधीकारीहरुले उपभोक्तालाई धन्यवाद दिन घरदैलो गरेका छन् । अविर जात्रा गर्दै उम्मेदवारहरु प्रत्येक उपभोक्ताको घर तथा टोलमा पुगेर धन्यवाद ज्ञापन गरेका हुन् ।
      वाम गठवन्धन तथा लोकतान्त्रिक प्यानलका विजयी उम्मेदवारले मतदान गरी विजयी वनाउने मतदातालाई धन्यवाद दिदै उपभोक्ताको हितमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । नव निवार्चीत अध्यक्ष काँशीराम डाँगीले सवैलाई मिलाएर लैजाने र उपभोक्ताको हितमा काम गर्ने वचन वद्धता ब्यक्त गरेका छन् । उपभोक्तालाई सर्वसुलभ र शुद्ध पिउने पानी उपलब्ध गराउने, खानेपानी संगसंगै सरसफाई कार्यक्रमलाई पनि एकै साथ जोडेर अघि वढाउने आफ्नो पहीलो कार्यभार रहेको जानकारी दिएका छन । बुधवार भएको निर्वाचनवाट अध्यक्षमा काँशीराम डाँगी, उपाध्यक्षमा कुमार घिमिरे, सचिवमा ठाकुर प्रसाद भण्डारी, कोषाध्यक्षमा जंग बहादुर चौधरी, सदस्यहरुमा फणाधर भुसाल, वासुदेव गौतम, चुमा आचार्य, मिना पाण्डे र गंगा पाण्डे निर्वाचीत भएका छन  ।

,

0 comments

Post a Comment
Powered by Blogger.