पुनरावेदन अदालत तुलसीपुरको जनतासंग सम्बाद कार्यक्रम


दाङ, पुस १६ / पुनरावेदन अदालत तुलसीपुरले दाङको पुरन्धारा गाविसमा न्यायीक विषयमा जनतासंग सम्बाद गरेको छ । अदालतको तेस्रो रणनीतिक योजना अन्र्तगत सुरु गरिएको जनतासंग न्यायिक सम्बाद कार्यक्रम अन्तरगत ग्रामिण क्षेत्रका नागरीकहरु संग सम्बाद कार्यक्रम गरीएको हो । 
त्यस अबसरमा नागरिकहरुले अदालतले सम्पादन गर्ने सेवा, न्यायिक तथा अर्धन्यायीक निकायको समन्वय, सुशासन, फैसला कार्यान्वयन छिटोछरितो, कम खचिलो न्याय सेवा लगाएतका विषयमा मुख्य न्यायधिस समक्ष जिज्ञासाहरु राखेका थिए ।
जवाफमा मुख्य न्यायधिस कुमार चुडालले अदालतको सेवा सहज र छिटोछरितो, कम खर्चिलो प्रभावकारी रुपमा प्रदान गर्ने, एक घण्टे सेवा, डेढ वर्ष भित्रमा कुनै पनि मुद्दाको फच्र्योट, सुक्ष्म निगरानी, प्रत्यक्ष जनगुनासो गर्ने र सुन्ने परिस्थती, वैतनिक कानुन व्यवसायीको व्यवस्था तथा निशुल्क कानुनी उपचार गरीरहेको जानकारी दिनु भयो ।
नागरिकहरुले पहिलो पटक त्यति टाढा रहेको ग्रामिण स्थानमा जनताको घरआगनमा कार्यक्रमको आयोजना गरी प्रत्यक्ष रुपमा सवाल राख्न पाउन तथा न्यायसेवाका बारेमा धेरै कुरा जानकारी पाउदा आफुहरु खुशी भएको र कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।। 

0 comments

Post a Comment
Powered by Blogger.