प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच फोन वार्ता, के कुरा भयो हेर्नुहोस् ।

 
काठमाण्डौ, पुस १६ / प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । करिब २० मिनेट उनीहरुबीच टेलिफोन संवाद भएको हो ।
 
अंग्रेजी नयाँ बर्ष २०१६ को शुभकामना आदान प्रदानबाट शुरु भएको कुराकानीमा प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारतले स्वागत गरेकोमा मोदीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गर्नुभएको छ । मोदीले आफू सदैब आपूर्ति व्यवस्था सहज होस् भन्ने पक्षमा रहेको र भारतको तर्फबाट कुनै रोकटोक नभएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा भारतका प्रधानमन्त्री मोदीले रक्सौल वीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको उल्लेख छ । 
ओली र मोदीबीच द्विपक्षीय हितका बिषयमा समेत कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्विकार गरेको र परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने बताएको प्रेस सल्लाहकार दाहालले जानकारी दिनुभयो ।

,

0 comments

Post a Comment
Powered by Blogger.