कोस्टारिकामा २६ जना नेपाली पक्राउ

काठमाडौं, पुस १६ - कोस्टारीकामा २६ जना नेपाली पक्राउ परेका छन् । अवैधानिक रुपमा बसेको आरोपमा बुधबार बिहान नेपाली सहित विभिन्न देशका ५१ जना आप्रवासी पक्राउ परेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । कोस्टारिका प्रहरीले यात्रा गरिरहेका बेला उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बंगलादेशका ९ जना, सोमालियाका ९ जना, इरिट्रियाका ४ जना, इराकका २ जना र पाकिस्तानका एकजना रहेकाे द टिको टाइम्सले जनाएको छ ।उनीहरुसँग यात्राका लागि वैधानिक कागजात नरहेको आरोप लागेको छ । 

आप्रवासी ओसारपसार गराएको भन्दै कोस्टारिकाका तीन नागरिक पनि पक्राउ परेका छन् । उनिहरुलाई त्यहाँबाट अमेरिका पुर्‍याउने प्रयास भइरहेको थियो ।गएको ७ डिसेम्बरमा पनि कोस्टारिकामै नेपाली र बंगलादेशी गरेर १७ जना पक्राउ परेका थिए । 

0 comments

Post a Comment
Powered by Blogger.