युवा संघद्वारा रेयुकाई धरानको कार्यालय कब्जा


 धरान, पुष १६ धरान १५ मा रहेको रेयुकाई नामक संस्थाको कार्यालय सत्तारुढ दल एमालेको भातृ संस्था युवा संघ नेपालले बिहीबार बिहान साढे ११ बजेतिर कब्जा गरेका छन्।
भूमाफिया र रेयुकाईका कर्मचारीको मिलेमतोका बिक्री हुन लागेको भन्दै युवा संघ नगर समितिले कब्जामा लिएको हो। अहिले रेयुकाईका कर्मचारीहरुले ३ करोडमा उक्त भवनसहितको जग्गा बिक्री गर्न लागेको सूचना बाहिर ल्याएको थियो।
तर, अन्तर्राष्टि्रय संस्थाको नाममा रहेको जग्गा तथा भवन सरकारी नाममा आउने भएकाले पनि उक्त जग्गा सरकार र भवन सरकारको हुने युवा संघको दाबी छ। आजै युवा संघ नगरका पदाधिकारीहरुसहितको टोलीले इलाका प्रशासन कार्यालय धरानलाई ज्ञापन पत्र बुझाउन लागेका छन्।
'सरकारीकरण हुने जग्गा कर्मचारी र भूमाफियाले मिलेर बेच्न लागेका छन् तर त्यो हामी हुन दिन्नौं,' नियन्त्रण लिएपश्चात युवा संघ केन्द्रीय सदस्य ज्ञानदीप लिम्बूले भने।
उनले सरकारी स्वामित्वमा आउने रेयुकाईको विधानसमेत रहेको अवस्थामा मिलोमतो गरेर सरकारी सम्पत्ति बिक्री गर्न नदिने बताए। उनले यसको लागि तमाम युवाहरु लाग्नुसमेत आग्रहसमेत गरेका छन्।
करिव ढेड कठ्ठामा फैलिएको उक्त भवन तीन तलाको छ। अहिलेको मूल्य अनुसार नै रेयुकाईले बिक्री गर्न लागेको बुझिएको छ। तर, प्रक्रियागत रुपमा बिक्री गरिने रेयुकाइका कर्मचारीहरुले बताउँदै आइरहेका छन्।
तर, संघका नगर अध्यक्ष राजेन्द्र राईले विधानसम्वत सरकारी जग्गा र भवन बिक्री गर्न नमिल्ने भएकाले युवाहरुले कब्जामा लिनु परेको बताए। …युवा संघले यस्तो कार्य हुन दिदँैन। यो सचेत संगठन भएकाले यस्ता कृयाकलपाको विरुद्धमा लाग्छ,' उनले भने।

0 comments

Post a Comment
Powered by Blogger.