दलहरुबीच राष्ट्रिय एकता आवश्यक–सिटौला


नेपालगन्ज, पुस १६ । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दलहरुबीच एकता नहुँदासम्म मुलुकभित्रको जटिलतालाई सहज बनाउन नसकिने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै पुर्वगृहमन्त्री समेत रहेका सिटौलाले भने– ‘मुलुकमा अहिलेको आवश्यकता राष्ट्रिय एकता हो, दलहरुबीच समझदारी कायम गरेर अगाडी बढोस भन्ने काँग्रेसको चाहना छ’ । विपी कोइरालाले अवलम्वन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि मुलुकका लागि सान्र्दभिक रहेको उनले जिकिर गरे ।
मुलुकको सबैभन्दा ठुलो पार्टी भएका कारण काँग्रेसको काँधमा ठुलो जिम्मेवारी छ, उनले भने हामी प्रतिपक्षमा बसेर भएपनि राष्ट्रिय एकता कायम गर्ने दायित्व निभाएकै छौं ।
नेपाली जनताले आफ्नै माटोमा बसेर संविधान बनाएकाले मुलुक सार्वभौम भएको महामन्त्री सिटौलाको दाबी छ ।
नेपाली काँग्रेसको आसन्न महाधिवेशनले मुलुकको कार्यदिशा र गन्तव्य तय गर्ने जानकारी दिँदै उनले भने– ‘हाम्रो महाधिवेशनले एउटा रोडम्याप तय गर्नेछ, जसले नयाँ संविधानको सीघ्र कार्यान्वयन गराउन मद्धत पु¥याउँछ ।’
महाधिवेशनपछि काँग्रेस सुदृढीकरण भएर अघि बढ्ने सिटौलाको विश्वास छ । आफू विरुद्ध अर्नगल प्रचारबाजी भइरहेको भन्दै उनी खिन्न देखिए ।

0 comments

Post a Comment
Powered by Blogger.