"मोफसल भन्दै मा यहाँ पनि काम गर्न निकै कठिन छ" - निक बिष्ट

पर्यटकीय क्षेत्र को रुपमा बिकशित हुदै गरेको पुर्व मा मनोरंजन को दुनिया मा संघर्ष गर्दै गरेका एक युवा हुन् निक बिष्ट । झापा को चन्द्रगडी मा जन्मिएका निकले बाल्यकाल भने बिराटनगर मा बिताए, आफ्नो कर्म थलो को रुप मा इटहरी लाई मान्ने निक बिगत ८ बर्ष देखि क्यामेरामेन को रुप मा निरन्तर लागि परेका छन् । क्यामेरा को रेकर्ड बटम दाब्दै मा क्यामेरामेन हु भन्ने हरु ले सिप सिकेर यो क्षेत्र मा केहि गर्छु भन्ने हरु ले निरन्तरता को लागि कठिन हुने निश्चित देखिन्छ । आफु सानै देखि क्यामेरा खेलाउन रुचाउने उनि यहि क्षेत्र मा निरन्तर लागिरहने बताउछन । संचार को बिकाश ले गर्दा क्यामेरामेन को अस्तित्त्व र भ्यालु खस्किदै गएको मा उनि दुखित छन् । पुर्व मा धेरै म्युजिक भिडियो छायांकन गरिसकेका निक इटहरी बाट संचालित एरिना टेलिभिजन का क्यामेरा प्रमुख पनि हुन्  । "केन्द्र मा गएर अब को समय मा आफ्नो स्थान बनाउन निकै कठिन छ, त्यसैले मोफसल मै रहेर आफ्नो सिप को सदुपयोग गर्छु" उनि भन्छन - "मोफसल भन्दै मा यहाँ पनि काम गर्न निकै कठिन छ" ।प्रतिस्पर्धा को समय छ, यो क्षेत्र मा लागेर बाच्न सकिन्छ त भन्ने प्रश्न मा उनि भन्छन " आफ्नो आत्मा सन्तुष्टि हो, परिवार को पूर्ण सपोर्ट छ, मेहनत गरेर काम गर्यो भने जुन सुकै क्षेत्र मा लागेर पनि बाच्न सकिन्छ" ।

,

0 comments

Post a Comment
Powered by Blogger.