ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

   शुक्रबार 17 पुष, 2072

ताप्लेजुङ, पुस १७ । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात सुरु भएको छ । हिजो दिउँसो परेको वर्षासँगै बढेको चिसोका कारण ताप्लेजुङका हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो ।


हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फलेलगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ भने प्रशिद्ध तीर्थस्थल पाथिभरामा पनि हिमपात भएको छ ।

३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथिभरामा एक फिटसम्म हिमपात भएको छ । माथिल्लो फेदिसम्म हिउँ झर्दा होटल व्यवसायीसमेत प्रभावित बनेको स्थानीय ईन्द्रनारायण भट्टराईले बताए ।

माथिल्लो क्षेत्रका बस्तीमा बाक्लो हिमपात भएसँगै सदरमुकाममा पनि चिसो ह्वात्तै बढेको छ । चिसोको असर बृद्धबृद्धा, बालबालिका तथा पशुपंक्षीमा बढी परेको छ । ताप्लेजुङमा हिजो १ दशमलव २ मिलिमिटर वर्षा भएको थियो ।

0 comments

Post a Comment
Powered by Blogger.