भालुवाङ्ग बजारको फोहर राप्ती नदीमा, डम्पिङ्ग साईड निर्माणको १५ लाख बजेट फ्रिज


2072/3/5 मा प्रकाशित
 
 
सन्तोषकुमार गुप्ता । भालुवाङ्ग असार-५, दाङ । नगरउन्मूख भालुवाङ्ग बजारको बढ्दो फोहरलाई दिगो रुपमा व्यवस्थापन गर्न नसक्दा अहिले भालुवाङ्ग पुलचोक बजारका फोहर व्यवस्थापन अलपत्र परेको छ । फोहर व्यस्थापनका लागि आवश्यक ठाउँको अभावमा फोहर व्यवस्थापन अलपत्र परेको हो ।

फोहर व्यवस्थापन गर्न नसक्दा अहिले दिन प्रति दिन बजार दुर्घन्दित बन्दै गएको छ भने अर्को तिर बजारको स्वरुप नै बिग्रिन थालेको छ । केही समय एक जना कामदार लगाएर बजारको फोहर रामजहदीको खाल्डोमा फाल्ने व्यवस्था मिलाईएको भए पनि खाल्डो भरिए पछि भने अहिले फोहर व्यवस्थापनमा थप समस्या भएको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए । पछि हामीले फोहर भालु खोलामा जलाउने व्यवस्था मिलाएको भए पनि रातोडाँडा बासीहरुको अवरोधका कारण फोहर व्यवस्थापन अलपत्र परेको डिसीले बताए । त्यसका लागि हामीले स्थानिय स्तरमा छलफल गरिरहेका छौँ, उनले भने । भालुवाङ्गको मूख्य समस्याको रुपमा अहिले फोहर व्यवस्थापन रहेको छ, हामीले यो समस्या हलका लागि प्रयास गरिरहेका छौँ छिट्टै नै त्यो समस्या हल हुने छ, डिसीले भने । यता रातोडाँडा बासीले भने आफूहरुलाई नै हानी पुग्ने गरी फोहर जलाउने कार्य भएकोले रोक्नु परेको स्थानियबासी हुमादेवी मास्केले बताईन् । फोहर जलाउँदा धुवा सिधै हाम्रो बस्तीमा आउँछ, कसरी त्यो ठाउँमा फोहर फाल्न दिनु उनले भनिन् । त्यसैले हामी रातोडाँडा बासीहरु एक जुट भएर फोहर फाल्न रोक लगाएका हौँ स्थानियबासीहरुले भने ।

यता फोहर व्यवस्था हुन नसक्दा भालुवाङ्ग पुल्चोक बजार बासीहरुले सिधै राप्ती नदीमा फोहर फाल्ने गरेका छन् । बजारका व्यपारी तथा होटेल व्यवसायहरुले रातीको समयमा राप्ती नदीमा फोहर फाल्ने गरेको देख्न सकिन्छ । अहिले पनि राप्ती नदीको किनारमा तथा बीच भागमै फोहरको थुप्रो रहेको छ । व्यापारिक प्रयोजनका फोहर तथा होटेलको फोहर सिधै राप्ती नदीमा फाल्दा समेत सम्बन्धित सरोकारवाला निकाय भने मौन देखिन्छन् । फोहर व्यवस्थापनको जिम्मा लिएको राप्ती उद्योग वाणिज्य संघ, भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिती र भालुवाङ्ग नगर विकास समिती अहिले पनि मुकदर्शक भएको स्थानिय बासीहरुले आरोप लगाएका छन् । फोहर व्यवस्थापन जस्तो बिषयमा सम्बधित सरोकारवाला निकायले समयमै ध्यान नदिंदा राप्ती नदीको पानी उपयोग गर्ने लाखौँ सेवा गा्रही मर्कामा परेका छन् ।

यता डपिङ्गसाईत निमार्णका लागि १ करोड ९७ लाखको बृहत्त गुरुयोजना स्वीकृत भएको भए पनि यस बर्ष बिनियोजित गरिएको १५ लाख रकमको समयमै काम गर्न नसक्दा फ्रिज भएको छ । दिगो फोहर व्यवस्थापनका लागि डम्पिङ्कसाईड निमार्ण स्थल छनोट मै बिबाद हुँदा उक्त रकम फ्रिज भएको प्राविधिक चन्द्र शाहले जानकारी दिए । उक्त डम्पिङ्कसाईड निमार्णका लागि पहिलो चरणमा १५ लाख बजेट विनियोजन गरिएको भए पनि समयमै प्राविधिकले छनोट गरेको ठाउँमा राप्ती सामुदायिक वन र राप्ती उदोग वाणिज्य संघ बीच ठाउँको बिषयमा सहमति हुन नसक्दा डम्पिङ्ग निमार्णको बृहत्त गुरुयोजना नै अलपत्र परेको प्राविधिक शाहले बताए । गत आर्थिक बर्षमा भालुवाङ्गबासीहरु स्वम्ले भालुवाङ्ग पुल्चोक बजारको फोहर व्यवस्थापन गर्न संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयमा डम्पिङ्कसाईड निमार्णको बृहत्त गुरुयोजना पेश गरेपछि आर्थिक बर्ष २०७०÷०७१ मा उक्त योजनाको रकम स्वीकृत भएको थियो । जसका लागि यस आर्थिक बर्ष २०७१/७२ का लागि १५ लाख रकम विनियोजन गरिएको जिल्ला विकास समिती दाङ्गको प्राविधिक कार्यलयले जनाएको छ । लामो समय लगाएर निमार्ण गर्ने गरी शुरु गरिएको डपिङ्कसाईड निमार्ण योजनाका लागि प्रत्येक बर्ष बजेट विनियोजन भई आउने गरी गुरुयोजना सञ्चालनमा आएको प्राविधिक चन्द्र शाहले जानकारी दिए । उक्त डपिङ्कसाईड निमार्णका लागि गत आर्थिक बर्षमा नै आएको प्राविधिकको टोलीले सर्वेका क्रममा राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङ्गको प्यूठान जाने रोड अन्र्तगत पुर्वी दक्षिर्णी भु—भागलाई छनोट गरेको प्राविधिक शाहले जानकारी दिए । जस अन्र्तगत यस बर्ष आएको बजेटबाट उक्त छनोट गरिएको ठाउँमा पहिलो चरणमा तार जाली गर्ने, खाल्डो खन्ने र समान्य प्रर्खाल बनाउने काम मात्र गर्नु पर्ने शाहले बताए । अर्को बर्ष देखि भने तीब्र रुपमा निमार्ण कार्य शुरु हुने उनको भनाई छ ।

डपिङ्कसाईड निमार्णका लागि बैशाख महिना भित्र काम शुरु गरी दुई महिना भित्र काम सम्पन्न गरी सक्नु पर्ने प्रावधान रहेको शाहले बताए । जस अन्र्तगत पहिलो चरणमा डपिङ्कसाईड निमार्णका लागि उपभोक्ता समिती गठन, योजनाको सम्झौता गर्ने र जेष्ठबाट भने काम शुरु गर्नुपर्ने प्राबधान रहेकोमा समयमै काम नहुँदा योजना नै फेल हुन सक्ने शाहले बताए ।

डपिङ्कसाईड निमार्णका लागि केन्द्रिय प्राविधिक टोलीबाट छनोट गरिएको राप्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र उक्त डपिङ्कसाईड निमार्ण गर्न नदिने उपभोक्ताहरुले बताए । सामुदायिक वनका पद्धाधिकारी तथा उपभोक्ताहरुले मानवबस्ती र राप्ती नदी नजिक रहेको भन्दै डपिङ्कसाईड निमार्णको विरोध समेत गरेका छन् । उनीहरुले कुनै पनि हालतमा राप्ती सामुदायिक वन भित्र डपिङ्कसाईड बनाउन समूहका अध्यक्ष गेमबहादुर खड्काले जानकारी दिए ।


Read more: http://www.newsairawati.com

0 comments

Post a Comment
Powered by Blogger.