विश्व खाद्य कार्यक्रमको गोदाममा कुहिएको दाल भेटियो

बाँकेमा संसदीय अनुगमन टोलीको छड्के जाँच २०७२ असार ६ गते WFP Dal Banke (1) ६ असार, नेपालगन्ज । बाँकेको खजुरामा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)को गोदाममा ५ सय १४ मेट्रिक टन अखाद्य दाल फेला परेको छ । संसदीय टोलीले आइतबार बिहानै अनुगमन गर्दा भण्डारण गरेर राखिएको अवस्थामा ५ सय १४ मेटि्रक टन खेसरीको दाल कुहिएको अवस्थामा फेला परेको हो । दालमा किरा परेको, कुहिएको र खानै नमिल्ने अवस्थामा रहेको अनुगमनमा सहभागी सभासद दलबहादुर सुनारले जानकारी दिए । WFP Dal Banke (2) नेपालमा विपत परेका बेला विभिन्न क्षेत्रमा वितरण गर्न भन्दै डब्लुएफपीले खजुराको कपास विकास समितिको गोदाममा दाल भण्डारण गरेर राखेको थियो । सो दाल टर्कीबाट खरिद गरेर भारतीय ठेकेदार मार्फत् नेपाल ल्याइएको थियो । संसदीय टोलीको अनुगमनपछि डब्लुएफपीको कार्यालयले दाल खान योग्य नभएकाले जहाँबाट खरिद गरिएको हो, त्यतै फर्काउने बताएको सभासद सुनारले जानकारी दिए । WFP Dal Banke (3) केन्द्रबाट खटिएको संसदीय अनुगमन टोलीमा सुनारसहित, सञ्जय गौतम र श्रीप्रसाद जबेगुलगायत छन् । यसअघि गोरखामा गरिएको अनुगमनमा पनि विश्व खाद्य कार्यक्रमको चामल कुहिएको अवस्थामा फेला परेको थियो ।

0 comments

Post a Comment
Powered by Blogger.